क्यानभासको बलियो किनारा


 

अपदस्थ सपनाहरूका जेलबाट

मूक्त गर्दै

चिसा रातहरू

उदाश दिनहरू

रगतका रापिला प्रतिबिम्बहरूले

नमेटिने इतिहास लेखिरहेछ- चक्रपथ

 

साँगुरा गल्लीहरूमा

काँढेतार लगाएर

रोकिँदैन यसको यात्रा

रक्तिम आकाशमुनिको चौडा छातीमा

आहत इतिहास पल्टाइरहने

स्वतन्त्र गति हो- चक्रपथ

 

तिम्रा पाइलाहरू

खम्बा भएर टेकिनुपर्छ

तिम्रा आवाजहरू

क्षेप्यास्त्र भएर पड्किनुपर्छ

गोलीको निरीह- नपुंशकतामा

भुकिरहेका सिकारी कुकुरहरू छेऊ

नरसिंह अवतार भएको छ चक्रपथ

 

नयाँ युगको पथप्रदर्शक

आमूल परिवर्तनको उद् घोषक

रगतको अभिलेखमाथि उभिएर

सहिदहरूको सपना पर्खिरहने

क्यानभासको बलियो किनारा हो- चक्रपथ।