सीमा

मैले देख्दा ऊ रुख थियो

पूर्ण रुख

झ्याम्म, हरियो

सर्वाङ्ग फलदायी

 

उसको छायामा

बटुवाहरू थिए

गोठालाहरू थिए

खेतालाहरू थिए

भरियाहरू थिए

को थिएन र उसको वरिपरि त्यतिबेला ?

 

हेर्दाहेर्दै

उसका पातहरू पहेँलिए- झर्न थाले

हाँगाहरू चाउरिए- सुक्न थाले

जराहरू मक्किए- काँप्न थाले

उसको अस्तित्व- अस्थिपञ्जर

उसको सामीप्य- भयको डेरा

 

उसको ओत

न घामको

न पानीको

न भीडको

न एकान्तको

 

ऊ नाङ्गो यथार्थ

के अझै बुझेनौ तिमीले ?

उसको औचित्यको सीमा !