अग्नि-परीक्षा


 

आगोभन्दा अगाडि उभिएको मान्छे

आफै दन्किरहेछ दनदन

 

उसका दुई हातहरू

लप्का हुन् बडबानलको

 

आगोसँग खेलेर आगो भएको मान्छे

तिम्रो अग्नि-परीक्षामा

पानीको स्थान कहाँनिर छ ?