एकदिन


 

एकदिन

उसले

ठूलोघर बनाउने अठोट गर् यो

 

उस्को बहादुरीको

उस्को परिचयको

उस्को आफ्नै मोडेलको

एउटा ऐतिहासिक घर

 

सुनको प्रतिमा राखेर

पूजा गरेर

जग बसायो

र जगमा असङ्ख्य बली चढायो

 

धेरैले

ज्यानको बाजी लगाएर

बनाएको घर

साँच्चै सुन्दर बन्यो

 

उसलाई थाहा थियो

फेरि उस्ले

यस्तो घर

कहिल्यै बनाउन सक्नेछैन

 

उस्लाई

एक्लै रजाइँगर्न मन लाग्यो

घरभित्र उस्ले

आफ्नै इच्छाको कुची चलायो

आफ्नै रुचिको रङ्ग लगायो

 

घरबाहिर

बडेमानको ढोका उभ्यायो

र बन्दढोकाबाहिर

लेख्न लगायो-

 

कुकुरदेखि होसियार!